संविधान संशोधन गरेर जनताको अधिकार खोस्‍न खोजेको भन्‍ने प्रचारमा सत्यता छैन : उपप्रधानमन्त्री सिंह

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर बताउँदै जनताको अधिकार खोस्न लाग्यो भन्ने कुरामा सत्यता नरहेको बताएका हुन्।

‘कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन,’ उनले भने।

राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर