भुत घर जस्तो देखीने स्वास्थ्य चौकीको रहस्य 

-सबीन गिरि, चौतारा ।

तस्विर मा देखिएको भवन झट्ट हेर्दा भूत घर जस्तो लाग्छ तर दुर्भाग्यवश सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर~९ कदमबास मा अबस्थित रहेको स्वास्थ्य चौकी को भवन हो । गत चुनाव २०७९ मा यो वडामा नेपाली कांग्रेश बाट अध्यक्षमा विमल श्रेष्ठ ,सदस्यहरुमा मा दीपेन्द्र भण्डारी,दिलीप गिरी,महिला तर्फ सृजना तामाङ र दलीत तर्फ उर्मिला बि॰क सहितको युवा जम्बो टिम बिजयी भएका थिए ।सुनीन्छ पहीले नेपाली कांग्रेश पार्टीले अरु नै उम्मेदवार चुनेको थियो भने बिपक्षी पार्टिले उम्मेदवार बलीयो खडा गर्ने भएको थाहा भएपछी रातारात आफ्नो उम्मेदवार नै परीवर्तन गरेका थिए ।उनीहरुले चुनाव जित्न ठुलै रणनिती तय गरेको देखिन्छ !! बिपक्षीहरुको उम्मेदवार बलीयो भन्ने थाहा भएपछी जातीय हिसाबले बिमल श्रेष्ठलाई अघि सारीएको भन्ने सुनीन्छ ।चुनाबी नारा पनी सबैलाई समेटेर बनाईएको राम्रो थियो किसान र कृषिलाई प्रोत्साहन,गाउँमा पिच सडक,स्वास्थ्य क्षेत्रमा उन्नोतरी, शिक्षा क्षेत्रमा परीवर्तन , वृद्धवृद्धालाई सित्तैमा स्वास्थ्य विमा योजना तथा घरघरमा गएर वृद्धा भत्ता वितरण ,युवालाई प्रथमिकता,वडामा हुने सबै कार्यक्रमहरु पार्दशी हुने ,वडा अध्यक्ष संग प्रत्यक्ष बालबालीका कार्यक्रम र बिजुलीका काठका पोल हटाई कालो तार राख्ने आदि ।।

उनीहरुलाई थाहा थियो की चुनावी घोषणा पत्रमा यी कुराहरु समेट्दा सबै जनताले विश्वास गर्छन् र चुनाव जित्नको लागि भोट दिन्छन् साथै चुनाव जित्नका लागि शिक्षित युवा टिम भन्दै पुरै टिम युवा बनाईएको थियो विशेष गरी अध्यक्ष बिमल श्रेष्ठ।।उनले स्थानीय विद्यालय कालीदेवी माविमा प्राधानाध्यापकको रुपमा काम गरिरहेका थिए ।दुई वर्ष भयो तर उनीहरुको योजना र वाचा अनुसार ५% पनी काम हुन नसकीरहेको प्रष्ट देख्न सकिन्छ ।। जनताले आभाष गरीरहेका छन की उनीहरुको चुनाबी नारा जनतालाई मूर्ख बनाएर चुनाव जित्ने प्रपञ्ची मात्र थियो ।।जब जब बजेट आउँछ तब महत्वपुर्ण कुराहरुमा उपयोग गर्दैनन् ,उनीहरु आफ्नो पार्टीका सदस्यले जे भन्छन् त्यसलाई पछ्याउँछन् । बजेट अनिमियता लिएर स्थानीयले धेरै असन्तुष्टि ब्यक्त गरीरहेका छन ।यो देखीएको स्वास्थ्य चौकीमा यस्तै भएको छ !!सरकारले स्वास्थ्य चौकीको गुणस्तरको लागि २०८०/८१ को बजेट मा लगभग ३३ लाखको बजेट बिनियोजन भएको थियो!!बजेट आएपछि निर्वाचित टोलीले काठमाडौं सहरबाट गाउको मतदाता तर बर्षौ बर्ष देखी काठमाण्डौमा बसोबास गर्ने आफुलाई आबश्यक पर्दा मात्र गाउॅ झुलकने तर पार्टीका बिसेष कार्यकर्तालाई रातारात गॅाउमा ल्याएर उपभोक्ता समितीको अध्यक्ष बनाउन ल्याएका थिए ।यस्तो बेथिती स्थानीय जनताले थाहा पाएपछी निर्वाचित वडा समिती विरुद्ध वडा कार्यलय गएर आवाज उठाउँछन् र आयोजना उपभोक्ता समितीमा गाऊमै बस्ने बास्तविक उपभोग गर्नेले उक्त समितीको अध्यक्ष बस्न पाउनु पर्ने माग राख्छन तर उनीहरु आफ्नो शत्ता र शक्तिको दुरुपयोग गर्छन र दुई पक्ष बिच सामान्य हात हालाहालको स्थिती सम्म उत्पन्न हुन्छ ।राजनीतिक शक्ति र शारीरिक स्पर्शले एकअर्कालाई छुन्छ ।त्यही सानो मनमुटाबलाई लिएर धेरै ठुलो मुद्दा बनाउछन ।।आक्रोशित स्थानीयहरुलाई त्यहा सि॰सि क्यामेरा छ भन्ने जानकारी हुदैन र त्यसको फाईदा वडा समितीले मज्जाले उठाउछन ।।वडा जस्तो संवेदनशिल कार्यलयको सि॰सि क्यामेरामा कैद भएको भिडीयो केरमेर गर्दै तेस्रो पक्षको ब्यक्तीगत फेसबुक मार्फत सार्बजनिक गर्छन र आफुलाई सच्चा साबित गर्दै स्थानीय जनताहरुलाई बदनाम गराउदै आफ्नो सत्ता विरुद्ध आवाज उठाउने आफ्ना मतदाता र वडा कार्यलय नजिकै रहेको र हल्लाखल्ला हुदा के भएछ भनी हेर्न गएका शिक्षक ,क्यान्सर पिडीत र ७० बर्षिया बृद्ध दलीत लाई समेत बिपक्ष बनाई अदालतमा मुद्दा हाल्छन् ।आतंकित भएकाले स्थानीय जनता केही समय गाऊ छोडेर अन्यन्त्र भागेका पनी थिए र अन्ततः अदालतबाट जनता साधारण तारीकमा रिहा भएका थिए किनकी उनीहरु दोषी थिएनन् ,परिस्थितिले त्यस्तो गराएको थियो ।वातावरण साम्य भएपछि वडा समितीले पु:ण स्वास्थ्य चौकीको आयोजनामा कसले काम गर्ने भनेर बैठक बोलाउँछन् !!वडा अध्यक्ष र नेपाली कांग्रेशले आफ्नो ठाउँबाट आफ्नो पार्टीका कार्यकर्ता नै उपभोक्ता समितीको अध्यक्ष हुनु पर्ने अडान राखेका थिए भने स्थानीयवासीले उनीहरुलाई नदिने भनेर फेरी आवाज उठाईरहे र समिती बन्न दिएनन ।।बारबार बिरोधपछी बजेट र निर्णय नगरपालीका चौतारामा जान्छ ।।साँगाचोक गढी नगरपालिकाका अध्यक्ष कृष्ण सापकोटाले ज्युले सबैलाई निष्पक्ष बनाउन टेन्डर खोले ।एकजना ठेकेदारले टेन्डर पाएर आयोजनाको काम गर्न थाले तर धेरै ढिलो भइसकेकोले आयोजना सम्पन्न गर्न पुरै बजेट खर्च गर्न नसकेपछि यो स्वास्थ्य चौकी भवन भूत घरजस्तै बनेको छ ॥यो सबै निर्वाचित वडा अध्यक्षको कारणले भएको हो किनभने जनताको व्यवस्थापन गर्ने र समयमै आयोजना हस्तान्तरण गर्ने जिम्मेवार ब्यक्ति उहाँ नै हुनुहुन्थ्यो तर उनले यसो गरेनन्। प्रत्येक आर्थिक बर्षको बजेट असार मसान्तसम्म मान्य हुनेछ।प्रयोगमा नआएको बजेट स्वचालित रूपमा फ्रिज हुन्छ र कसैले तिनीहरूलाई फेरि प्रयोग गर्न सक्दैन।यो बजेट जस्तै अन्य बजेटहरु पनी फ्रिज भएर बेकाम नभएका भने हैनन!!यो स्वास्थ चौकीलाई यसरी जिर्ण छोडीएको छ यसमा सम्बन्धित निकायहरु कसैको ध्यान नगएको देखीन्छ न त यसका लागी २०८१/८२ को बजेट नै विनीयोजन भएको देखीन्छ ॥सुन्नमा यो पनी आएको छ कि नेपाली काङ्ग्रेसबाट पुर्व स्वास्थ्य मन्त्रीले जनतालाई सहज होस भनी केही थान अक्सिजन सिलिण्डर दिएका थिए तर कुनै एक सदस्यले पुरै हस्तान्तरण नगरी केही व्यक्तिगत आम्दानीका लागि बेचिदिएका आरोप पनी छ ।अहिले फेरि बजेट बाँडफाँडको पालो आएको छ तर शिक्षित र युवा भनीने वडा समितीले फेरी पनी पुराणै रीती छोड्न सकेनन महत्वपूर्ण कुराहरुलाई सुक्ष्म रुपले नहेरी पार्टी कार्यकर्ता र आसेपासेलाई बढोत्तरी दिदै बजेट बिनियोजन गरेको पाईएको छ !!अत्ती आवश्यक चिजहरुलाई नजिकबाट हेरिरहनु भएको छैन केवल चुनावमा ठुलो मिहिनेत गर्ने पार्टीका सदस्यलाई मात्र ध्यान दिएर बजेट बाँडफाँड गरिरहनु भएको छ त्यो पनि उपयोगी छैन॥जहा पानी छैन त्यहा ट्याङ्की ,बस्ती बस्तीमा प्रतिक्षालय ,अपुरो बाटो,पिकनिक स्पट , एउटा समुदायलाई मात्र लक्षित गरी किरीयापुत्री भवन ईत्यादीमा बजेट बिनीयोजन भएको पाईएको छ ।।तस्बिर मा देखीएका यी र यस्ता बिकाशका भग्नावशेष हरुले गिज्याईरहदा आर्थिक बजेट भने कार्यकर्ताको पोल्टामा परेको छ ।।

युवा जागौ अभियान टिम र स्थानीय किसानहरुले केही बजेटको हिस्सा स्थानीय किसान प्रोत्साहनको लागी आधुनिक कृषिमा छुटाउन माग गर्दै स्थानीय किसानहरुको हस्ताक्षर सहित निवेदन वडा समक्ष पेस गरेका थिए तर शिक्षित भनीने वडा समितीले अस्वीकार गरी अनदेखा गरेको भन्दै केही दिनदेखि युवा जागौ अभियान टिमले निर्वाचित टोलीलाई ध्यानाकर्षण गराउँदै सामाजीक संञ्जाल ,अनलाईन समाचार मार्फत त्यसतर्फ ध्यानाकर्षण गराइरहेका छन् ।तर सम्बन्धित निकाय भने मौन छ !! स्थानीय र युवा जागौ अभियान टिमले भने वडा अध्यक्ष दिनहुँ वडा कार्यलयमा प्रस्तुत नहुने ,हप्तामा १ दिन मात्र उपस्थित हुने र त्यो पनी १/२ घण्टाको लागी ,प्राय चौतारा वा काठमाडौंमा बस्नुको कारणले गर्दा स-साना देखीने तर अति महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित नभएको जनाएका छन ।।

प्रतिक्रिया
सम्बन्धित खवर