त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित तीन जना पक्राउ

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ।

थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ का ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका-१० का ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ का ३० वर्षीय दिपेश भुषाल छन्।

उनीहरूमध्ये महेश मानबाट १६ हजार ५ सय ५० युरो र १० हजार ९ सय क्यानडियन डलर बरामद भएको हो।

मानव आचार्यबाट ८ हजार ९ सय ५० युरो र ३ हजार ६ सय ६० थाई भाट बरामद भएको प्रहरीले जनाएको छ।

दिपेश भुषालबाट १३ हजार ४ सय युरो, २ हजार ४ सय स्विस फ्रान्क, ४ हजार ५ सय क्यानडियन डलर, १९ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन बरामद भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर