नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा  पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले  जानकारी दिनुभयो ।

हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर