मेलम्ची नदी सतर्कता तह पार , सतर्क रहन आग्रह

सिन्धुपाल्चोकमा मेलम्ची नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार दिउँसो नाकोटेको जलमापन केन्द्रमा मेलम्ची नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तल्लो नदीतटीय क्षेत्रमा बाढीको जोखिम हुने भन्दै सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२, दिउँसो १२ः१५ बजे । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजारलगायत तल्लो नदीतटीय क्षेत्रमा बाढीको जोखिम भएकाले सो क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहुन अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित खवर