म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी तत्कालीन प्रधासेनापतिलाई हटाइदिएँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली विद्यार्थी र युवापुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुदलगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए । उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा कडा रूपमा प्रस्तुत भएको बताए ।

अध्यक्ष नेपालले तत्कालीन राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्न नचाहँदा पनि आफूले बर्खास्त गरेको बताए । उनले तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताए । उनले त्यो समयसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गरे ।

अध्यक्ष नेपालले  विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताए । अनुशासित भए मात्रै राम्रो जीवनयापन गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर