आज यी चार प्रदेशमा हुनेछ भारी वर्षा, महाशाखाले भन्यो- सतर्क रहनुस्

काठमाडौं : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर