सुमित्रा कोइरालाको स्वरमा “नाच माया चट्टै” ले बजारमा  चर्चा बटुल्दै

काठमाडौं:नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा २०८१ का लागि नाचमाया चट्टै मौलिक एल्बम बजारमा सार्वजनिक भएको छ। हरितालिका तीजलाई महिलाहरूको विशेष चाडपर्वको रुपमा लिने गरेको छ। यसको अवसरमा तीजका भाकाहरू मौलिक रूपमा धेरै नै बजारमा आएको देखिन्छ यसै सिलसिलामा नाचमाया चट्टै गीति एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ। सार्वजनिक भएको केही दिनमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा गुन्जिन थालेको छ ।

 

नेपाली गीत संगीतमा लामो समयदेखि आफ्नो चर्चा कमाउँदै आएकी चर्चित लोकदोहोरी गायिका सुमित्रा कोइरालाको शब्द तथा सिर्जनाभित्र उक्त नाचमाया चट्टै सिर्जना भएको सुमित्रा कोइरालाको सुमधुर आवाजमा रहेको यस गीतलाई विष्णु नेपालले एरेन्ज गरेका छन्। सुशील चालिसेको मौलिक कथावस्तुमा निर्देशित नाच माया चट्टै अन्जु अधिकारीले धमाकेदार अभिनय गरेका छन्। सुनिल पराजुलीको छायाकन र पद्म सुवेदीको सम्पादनमा म्युजिक भिडियो लाई अन्जु अधिकारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर