देशभर मनसुनी वायुको प्रभाव,काठमाडौंमा बिहानैबाट वर्षा

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले बताएको छ ।

आज कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।

प्रतिक्रिया
सम्बन्धित खवर