रविन्द्र कार्कीको “तिम्रै यादमा” सबिनको अभिनय हेर्नुहोस् भिडियो

काठमाडौँ: गीत संगीत क्षेत्रमा लामो समयदेखि आफ्नो संगीत क्षेत्रलाई अगाडि बढाउँदै छुट्टै पहिचान बनाई गीतसंगीत क्षेत्रमा केही चर्चा परिचर्चा कमाइसकेका रविन्द्र कार्कीले यो पटक भने माया पिरतीमा आधारित गीति एल्बम “तिम्रै यादमा” सार्वजनिक गरेका छन्। सार्वजनिक गरेको केही दिनमा नै सञ्चारमाध्यम र दर्शकहरु माझ गीतले चर्चा बटुल्दै गरेको देखिन्छ।

उसोत रविन्द्र कार्कीले चाडपर्व, मेला पात गाँउ घर तिर नै घन्किने सदाबहार गीत बजाएर पस्काने गरेका छन् । यो पटक पनि सदाबहार संञ्चार क्षेत्रमा घन्किने त दर्सक ले सदावहार मेला पात मा गाउन सक्ने माया पिरती मा आधारित गीत “तिम्रै यादमा ” सार्वजनिक गरेका हुन् । उक्त गीतमा रविन्द्र कार्की,प्रतिमा अर्याल र जानुका सापकोटा को सुमधुर आवाज रहेको छ । गयक कार्की र गायिका सापकोटा को मन छुने शब्द सिर्जना छ भने गायक कार्की आफैंको संगीत रहेको छ ।

मुटु ग्रुपले कथा लेखन निर्देशित रहेको उक्त म्युजिक भिडियो मा सविन गौतमको,बिनिता दाहाल र सुनिल अर्यालको आकर्षक अभिनय रहेको छ भने सागर लामा र जानुका सापकोटा ले पनि अभिनय मा सहभागी को भूमिका गरेका छन् । सन्तोष तिमल्सिना को छायांकन र कल्पेस बिश्वकर्मा को सम्पादन मा निर्माण भएको म्युजिक भिडियो मेनुका डिजिटल बाट सर्वत्र बजार मा सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस्।

 

mF5ful

 

प्रतिक्रिया
सम्बन्धित खवर