काठमाडौंमा हावाहुरीसहित वर्षा, मज्जाको शितलता

काठमाडौं । राजधानी काठमाडौंसहित उपत्यकाभित्र हावाहुरीसहित वर्षा सुरु भएको छ । बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

“काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ,” मौसमविद् चिरन्जिवी भेटवालले भने, “स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको हो ।”

वर्षा सुरु भएपछि हावाहुरी कम हुने उनको भनाइ छ । वर्षा भएका ठाउँमा हावाहुरी कम भइसकेको उनले बताए । बर्षासँगै उच्च हुँदै गएको तापक्रम घटेको छ । मज्जाको शितलता छाएको छ । आज काठमाडौं हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली छ। पहाडी भूभागका थोरै स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर