सञ्जीव ठकुरीको अभिनयमा “मनले मन परायो” सार्वजनिक।

दिनेश भण्डारी, काठमाडौ:- गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल सञ्जीव ठकुरीको उत्कृष्ट अभिनयमा मनले मन परायो गीति एल्बम बजारमा सार्वजनिक भएको छ ठकुरी विगत लामो समयदेखि म्युजिक भिडियो अभिनय गर्दै आएका छन् ।

ठकुरी ले अभिनय गरेको म्युजिक भिडियो धेरै चर्चामा रहेको पनि बताउँछन् म्युजिक भिडियो अभिनयको शिलसिला लाई अगाडि बढाउने क्रममा भर्खरै मात्र “मनले मन परायो” को गीत सार्वजनिक भएको छ।

उक्त गीतमा बिनोद बि सि, बसन्त थापा र अन्जु विश्वकर्मा को समधुर आवाज सुन्न सकिन्छ भने प्रल्लाद सुवेदी सुजल ढुंगाना को मन छुने शब्द सृजना बिनोद बि सि को मन लोभ्याउने संगीत मा राम कृष्ण थापाको म्युजिक एरेन्ज रहेको छ भने गीतको शब्द माया पिरती को भाव झल्काउने खालको रहेको छ ।

सो गीतको म्युजिक भिडियो विक्रम चौहान ले गरेको हुन् भने म्युजिक भिडियो छायांकन महेश महरा को टिमले गरेको छन् । उक्त म्युजिक भिडियो सञ्जीव ठकुरी,रिता बि सि र बिनोद बि सि को उत्कृष्ट अभिनय मा सजिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर