आफुले लिन बाँकी तलब भत्ता विध्यालय कै नाममा सुनील कुमार भण्डारी

दिनेश भण्डारी/ सिन्धुपाल्चोक:- विद्यार्थी जीवनमा समाजसँगै विद्यालयमा पनि साक्षात्कार हुन सक्ने कुरामा उर्जा थप्ने र यो अवस्था सम्म आउन हर तवरले घचघचाउने एक गर्भ गर्न लायक व्यक्ति हुन सुनीलकुमार भण्डारी ।

कहिले समूदायको पहेदार भएर कहिले साहित्य तर्फ आफ्नो कृति निकालेर कहिले समूहगत कार्यक्रम गरेर कहिले किवी खेतीको कृषक वनेर कहिले खेलक्षेत्रमा उर्जा थपेर कहिले स्काउटमय वातावरण वनाएर त कहिले संगीतमा लगाव राखेर आफ्नो फरक फरक पहिचान दिने हाल मेलम्ची नगरपालिकाको शिक्षा युवा तथा खेलकुदा शाखामा स्रोतव्यक्ति भै कार्य गरिरहनु भएको एक उर्जाशील व्यक्ति जो विगत १४ वर्ष भन्दा बढि आफू कार्यरत विद्यालय श्री सातकन्या मावि जहाँ हिजोका दिनमा उहाँको विधाई तथा फेरी भेटौँला कार्यक्रममा शिक्षक वर्ग अनि विद्यार्थी भाइवहिनीहरुमा अस्रुधारा वर्साउन वाध्य भएका थिए त्यही विद्यालयमा अतिथिको रुपमा वौल्दै गर्दा विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गर्नु भएको उदाहरणीय घोषणाले चर्चा पाएको छ ।

विगत दिनमा विद्यालयका अनगिन्ती समस्याहरुलाई समाधान गर्दै गर्दा कहिले शिक्षक वनेर त कहिले प्र.अ वनेर कार्यभार सम्हाल्दै आउनुभएका शिक्षक भण्डारीले अन्य शिक्षकहरु जस्तै केही तलव भत्ता वुझ्न वाँकी रहेकोले विभिन्न वैठकहरु मा कुरा चल्दै गरेको र स्टाफ वैठकमा समेत कसले कति लिन वाँकी भन्ने समेत तथ्याङक हेर्दा एक लाख छ हजार रुपैयाँ आफूले लिन वाँकी भएकोले उक्त रकम विद्यालय आर्थिक हिसावले सम्पन्न होस् या नहोस् आफूले नलिई विद्यालयकै नाममा छाडिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उक्त विध्यालय को लागि यो एतिहासीक कार्य र विध्यालय को लागि धेरै राहतको हुने भएकाले उपस्थित सम्पूर्ण ले प्रसम्सा समेत गरेका छन् ।

आर्थिक हिसावले सम्पन्न होईन मानिसको मानसिक हिसावले सम्पन्न हुनुपर्ने कुराको पाठ उहाँ वाट जो कोहीले पनि सिक्न सक्न जरुरी रहेको छ । भण्डारी को शैक्षिक यात्रा र सकारात्मक मनोबल अझ बढोस् हाम्रो शुभकामना।

प्रतिक्रिया
सम्बन्धित खवर