ललितपुर उद्योग वाणिज्य संघलाई पारदर्शीता बनाउन अध्यक्ष पदमा विश्व राज बज्राचार्यको उम्मेदवारी 

दिनेश भण्डारी/ ललितपुर:- ललितपुर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनको लागि विश्व राज बज्राचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । संघको ४४औं साधारणसभा र अधिवेशन यही असोज १९ र २० गते रहेको छ।मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बज्राचार्यले निर्वाचनको लागि आफ्नो समूह सहित उम्मेदवारी घोषणा गरेका हुन। सोही कार्यक्रममा उनले आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्नु भएको छ।

अब हुने ४४ औं वार्षिक साधारण सभा तथा अधिवेशन बाट आफ्नो अध्यक्ष तथा हाम्रो प्यानल सबै टिमले जित्ने हो भने बाणिज्य संघमा भएका बेथिति र नकारात्मक पक्ष लाइ हटाई सम्पुर्ण उद्योगिहरुको हक हितमा काम गर्ने र व्यवसायिक रुपमा आवश्यक स्रोत र साधनहरु मा पँहुच छुटको व्यवस्था र वित्तीय सर्वसुलभतामा जोड दिँदै गुणस्तर उत्पादनका लागि प्रोत्साहित गर्ने बताएका छन् ‌।

 

आफ्नो टिमको कार्यकाल मा व्यवसायीक समुदायलाई आर्थिक रुपमा सवल र प्रभाव सक्ने नेतृत्व को विकास ग्रन सक्ने गरि आफ्नो टिमको विस्तार गरि उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर