असिम कुमार कट्वाल को स्वर मा “भिषा हातमा” सार्वजनिक

दिनेश भण्डारी/ काठमाडौं:- नेपालीहरुको माहान पर्व विजया दशमी तथा शुभ दिपावली अवसर पारेर नेपाली समाजमा हुने र भएको समय सान्दर्भिक चित्रण गर्दै”भिषा हातमा” भर्खरै मात्र बजार मा सार्वजनिक भएको छ । उक्त गीतले नेपाली हरुले धेरै जस्तो चाडपर्व मा आफ्नो जन्म भूमि र घर छाडेर बिदेसिनु पर्ने वाध्यता लाई मध्यनजर गर्दै अडियो तयार भएको छ भने यसकै सेरोफेरो मा रहेर म्युजिक भिडियो निर्माण भएको छ ।

“भिषा हातमा” म्युजिक भिडियो भर्खरै मात्र बजार मा सार्वजनिक भएता पनि गीत ले आफ्नो दर्सक बटुल्दै गएको र बिस्तारै संञ्चार माध्यममा पनि गुञ्जि रहेको देखिन्छ। उक्त गीत मा असिम कुमार कट्वाल, टिका सानु र तोरन बस्नेत को सुमधुर आवाज रहेको छ । तोरन बस्नेत र कृष्ण राई बिन्दाश को मन छुने शब्द सृजनामा रहेको सोहि गीतको केशर लामा को संगीत छ भने म्युजिक एरेन्ज राम कृष्ण थापा को रहेको छ । निरेन श्रेष्ठ को उत्कृष्ट म्युजिक भिडियो निर्देशन मा रहेको “भिषा हातमा” बिनोद सुनार, एलिसा विश्वकर्मा र टेक रिल्डि घलेको कथानक अभिनय रहेको छ । सुनिल भण्डारी को छायांकन र काल्पासा विश्वकर्मा को सम्पादन मा म्युजिक भिडियो निर्माण भएको छ भने असिम कुमार कट्वाल नामक अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस्

https://youtube.com/watch?v=Pm4bdWqDesk&si=gOZCSJeQRCcJRJqK

प्रतिक्रिया
सम्बन्धित खवर