नियत खराब गर्ने सहकारीका सञ्चालकहरुको जग्गा रोक्का राख्ने प्रकृया सुरु भै सकेको छ 

काभ्रे- जिल्ला सहकारी संघ लि. ले ४२ औं बार्षिक साधारणसभा तथा आफ्नो स्थापनाकालको ५६ औं बर्ष बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रि माननीय पुकार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

 

भाद्र २६ गतेका दिन भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा भएको हो कार्यक्रममा जिल्ला सहकारी संघ लि.ले बनेपा नगरपालिकालाई सम्मान समेत गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या तथा समाधान गर्नका लागि जिल्लाको सहकारी अभियान जिल्ला सहकारी संघ लि. को साथ र सहयोगमा बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुगमन कार्यविधि २०७९ अनुरुप जिल्ला स्तरीय अनुगमन समिति निर्माण गरी बनेपा नगरपालिका र जिल्ला सहकारी संघ लि. बीचको सहकार्यमा बनेपा नगरपालिकाका नियमन क्षेत्र भित्र रहि सञ्चालनमा रहेका सहकारी संस्थाहरुको नियमन तथा अनुगमन कार्य १०० प्रतिशत सम्पन्न गरेकोमा उक्त कार्यको प्रशंसा गर्दै संघले एक समारोह बीच सम्मान गरेको हो ।

 

कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले सम्मान पश्चात अनुगमन कार्य सम्पन्न भै सकेको र आगामी दिनहरुमा अनुगमनमा देखिएका कैफियतहरुलाई कार्य योजना बनाएर सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि आफु लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । वहाँले केहि कार्यहरु अगाडि बढाइएको जानकारी समेत गराउनु भएको थियो । सञ्चालक समितिका ब्यक्तिहरुले शेयर सदस्यहरुको पैसा चलाएर बचत फिर्ता समेत नगरेको अवस्थामा सम्वन्धित ब्यक्ति वा एकाघरका परिवार समेतको जग्गा समेत रोक्का रािख प्रकृया अगाडि बढाइसकिएको बारेमा जानकारी गराउनु भएको हो ।

 

यसरी सम्मान गरिरहँदा नेपालका ७५३ पालिकाहरु मध्ये हालसम्मकै उत्कृट १०० प्रतिशत अनुगमन गर्ने एउटा मात्र पालिका बनेपा नगर पालिका नै हुनुपर्छ भन्नेमा सबै बक्ताहरुले धारणा राखेका थिए । यस्तो खालको कार्यले अभियान आफैमा सुद्दिकरण हुदै यसको विकास, प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने धारणा सबैतिरबाट प्रशंसा भएको छ ।

 

कार्यक्रममा वडा अध्यक्ष हिटलर शाक्य, स्थिरिकरण कोष सञ्चालक सदस्य प्रकाश बन्जरा, प्रस्कुनका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधिहरु, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतको सहभागिता रहेको थियो । स्वागत मन्तब्य संघका उपाध्यक्ष अमनपाटे श्रेष्ठले गर्नु भएको थियो भने सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर