पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल द्वारा उत्कृष्ट मोडल तर्फ संञ्जिव ठकुरी सम्मानित (डाईमण्ड म्युजिक अवार्ड-२०८०)

दिनेश भण्डारी/काठमाडौं:- विगत लामो समयदेखि गीत संगीत मा आफ्नो चर्चा कमाउदै आएको मोडल ठकुरी अहिले पछिल्लो समय मा पनि चर्चा को सिखरमा नै रहेको देखिन्छ युवा पुस्तालाई समर्पित गीत संगीत मा मोडलिङ गर्दै म्युजिक भिडियो अभिनय गरि रहेका ठकुरि अहिले पनि धेरै म्युजिक भिडियो मा नै व्यस्त देखिन्छन् ठकुरी ले सम्मान तथा म्युजिक अवार्ड हरु धेरै प्रप्त गरि सकेका छन् । यहि भाद्र सोह्र गते चलचित्र बिकास बोर्डमा सम्म भएको एन.एस म्युजिक कम्पनी द्वारा आयोजित डाईमण्ड म्युजिक अवार्ड पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अवार्ड बाट पनि सर्वोत्कृष्ट मोडल तर्फ को सम्मान पत्र हात पर्न सफल भएका छन् ।


एन.एस म्युजिक प्रा.लि द्वारा आयोजित डईमण्ड म्युजिक अवार्ड २०८० को म्युजिक अवार्ड निम्न विधाहरुमा मा भरिएको थियो। राष्ट्रिय भावको गीत,लोक तथा दोहोरी गीत, आधुनिक/पप, भाषाभाषी गीत, काँठे लोक तथा दोहोरी गीत,नव प्रतिभा, प्रत्यक्ष लाईभ दोहोरी, ग्राफीक्स र अन्य विधामा कलाकारहरुले आफ्नो विधा अनुसार फारम भरि बुझाएका थिए यसै विधा अनुसार टप ५ मा पर्ने कलाकार हरुको विधा र गीतको बोल सहित सार्वजनिक गरिएको हो। अध्यक्ष सिम्रन तथा कार्यक्रम संयोजक नमराज का अनुसार कलाकार ले आफ्नो विधा अनुसार खल्ति एप्स बाट भोटिङ गरि सर्वोत्कृष्ट वाट सबै भन्दा बढि भोट आएको व्यक्ति ले मात्र अवार्ड पाएको बताएका छन् ।

काँठे क्षेत्रमा धेरै कलाकार तथा मोडल हरु रहेता पनि ठकुरी भने प्राय जस्तो सर्वोत्कृष्ट काँठे मोडल तर्फ नै सम्मानित हुने गरेको देखिन्छ। उक्त अवार्ड भने आफु मात्र नभइ आफ्नो जन्म दिने आमा लाई संगै लिएर पुर्व प्रधानमन्त्री बाट सम्मानित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर