डाईमण्ड म्युजिक अवार्ड २०८० को भाद्र सोह्र गते सम्पन्न हुने (अध्यक्ष सिम्रन दुलाल)

दिनेश भण्डारी/काठमाडौं:- विगत लामो समयदेखि गीत संगीत मा आफ्नो चर्चा कमाउदै आएकी दुलाल अहिले एन.एस म्युजिक को कम्पनी को अध्यक्षतामा रहेर गीत संगीतलाई निरन्तरता दिँदै आएको देखिन्छ। यसै शिलशिलामा केहि समय अगाडि मात्र संञ्चालनमा आएको एन.एस म्युजिक कम्पनी बाट डाईमण्ड म्युजिक अवार्ड २०८० सम्मान हुने सार्वजनिक गरेका थिए। अध्यक्ष मा सिम्रन दुलाल छन् भने कार्यक्रम संयोजक नमराज ढुङ्गाना रहेका छन् । दुवै जनाको निर्णय मा र सञ्चालन समिति को अनुमति मा केहि समय अगाडि कलाकार हरुको उत्कृष्ट मध्ये को पाँच नम्बर परेका (top 5) मनोनित गरि सार्वजनिक गरेको अध्यक्ष दुलाल ले जानकारी दिनु भयो ।

 

एन.एस म्युजिक प्रा.लि द्वारा आयोजित डईमण्ड म्युजिक अवार्ड २०८० को म्युजिक अवार्ड निम्न विधाहरुमा मा भरिएको थियो। राष्ट्रिय भावको गीत,लोक तथा दोहोरी गीत, आधुनिक/पप, भाषाभाषी गीत, काँठे लोक तथा दोहोरी गीत,नव प्रतिभा, प्रत्यक्ष लाईभ दोहोरी, ग्राफीक्स र अन्य विधामा कलाकारहरुले आफ्नो विधा अनुसार फारम भरि बुझाएका थिए यसै विधा अनुसार टप ५ मा पर्ने कलाकार हरुको विधा र गीतको बोल सहित सार्वजनिक गरिएको छ । अध्यक्ष सिम्रन तथा कार्यक्रम संयोजक नमराज का अनुसार कलाकार ले आफ्नो विधा अनुसार खल्ति एप्स बाट भोटिङ गरि सर्वोत्कृष्ट वाट सबै भन्दा बढि भोट आएको व्यक्ति ले मात्र अवार्ड पाउन सक्ने बताएका छन् । अध्यक्ष दुलाल र संयोजक ढुङ्गाना को अनुसार म्युजिक अवार्ड को फाइनल भने २०८० भाद्र १६ गते चलचित्र बिकास बोर्डको हलमा दिउँसो सम्मान हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर