भाइरल हुने ट्रेण्डले गर्दा कलाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक भएको देख़्छु -मोडल आर्यन कार्की

सिन्धुपाल्चोक बलेफी गाउँपालिका -४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन मोडल आर्यन कार्की । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको उनी बताउछन ।

ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेको छ्न । अहिले उनी कलाकारिताको लागी निकै लागिपरेका छन् । छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । दर्जनौ नेपाली लोकदोहोरी गीतहरुमा मोडल आर्यनलाई देख्न सकिन्छ । आफनो बाल्यकालको सपना पुरा गर्नको लागी साथै नेपाली मौलिक गीत संगीतलाई आफुले केही योगदान पु¥याउने उदेश्यले लागेका आर्यन कार्कीसँग ओके टिभि नेपालको लागी दिपक कार्कीले गरेको बिशेष कुराकानी:

१.आजभोलि के गर्दै हुनु हुन्छ ?

– हजुर आज भोलि कलाकारिता अनि आफ्नै सानो ब्यक्तिगत काम हरुमा नै ब्यस्त छु।

२ .तपाईको कलाकारिता यात्रा कस्तो भैरहेको छ ?

– मेरो कलाकारिता यात्रा चाहि अहिले सबै तिर प्रतिस्पर्धाको जमाना छ त्यस्मा पनि रमाइलो र राम्रो ठिकै चलिराको छ।

३.तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?

– मैले चाहि नेपाली कलाकारितालाई आफुमा भएको कला लाई दर्शक सामु प्रस्तुत गर्ने ठाउँ जस्तो लाग्छ। तर पछिलो समय एउटा भाइरल को माध्यम भयको देख्छु।भाइरल हुने ट्रेण्डले गर्दा कलाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक भैरहेको छ।

४.तपाई कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

-म चाहिँ सानै देखि लोक दोहोरी गित त्यसमा पनि मार्मिक गित मनपर्ने अनि गाउको गायक दाइ हुनुहुन्थ्यो उहाको गित चिलाउने डाँडागाउँ गित मा भिडियो गर्ने मौका निर्देशन मिलन श्रेष्ठ सरले दिनु भयो र त्यस गित बाट नै प्रबेश गरे।

५.तपाईले अभिनयमा गरेका सर्वाधिक दर्शकको मनमा बस्न सफल गीत कुन कुन हुन ?

– मैले अभिनय गरेको गित चिलाउने डाडागाउँ , मेलम्चीको पानी, घाँस काटेर , बोलाइदेउ मलामि,चादी तोलाको, मायाधेरै होस,चन्चले,लगायत धेरै गितहरु लाई दर्शक तथा श्रोताले मन पराइदिनु भको छ।

६.तपाई ले प्राप्त गरेका अवार्डहरु कुन –कुन हुन ?

– मैले चर्चित गायक तथा सर्जक सङ्गम थापा दाइको गित बोलाइदेउ मलामि बाट नब मोडल ज्योति फिल्म म्युजिक अवार्ड २०७८/७९ जित्न सफल भएको थिए।मैले ज्योति फिल्म अवार्ड प्राप्त गरेको छु।

७.आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ?

– अगामी दिनहरुमा अझै धेरै गित हरुमा पनि आफ्नो अभिनय दर्शक सामु प्रस्तुत गरि ठूलो पर्दामा पनि प्रस्तुत हुने योजना रहेको छ।

८.जिवनको कुनै अविश्स्मणिय क्षण केही छन की ?

– मेरो जिबनमा अबिश्स्मणिय क्षण जुन मेरो ममि बाबाको सपना थियो छोरो आर्मी भनेको हेर्ने तेस्को लागि म धुलिखेल्मा २०७२ सालमा सेना भर्तिको लागि फम भरेर सबै फिजिकल पास लिखित पास गरेर मौखिक मा फालियको थियो यो कैले बिर्सिन मैले।५० हजार नदिदा म योग्य नभएको क्षण त्यो कहिले बिर्सन सक्दिन ।

९.सानै देखि सोच्नु भएको थियो म ठूलो भए पछि कलाकारिता क्षेत्रमा जाने छु भनेर ?

– म सानै देखि नेपाली फिलिम हेर्ने म पनि यसरी टिभिमा कसरी आउने भिडियो हरु धेरै हेर्ने गर्थें अनि कसरी गर्नी होला सोच्थे रुचि थियो ठुलो भयसी हिरो बन्छु गुन्डा कुट्छु भन्ने सोच्थे ।म मा एउटा सपना थियो ठुलो मान्छे बन्छु भन्ने सोच्थे र बिराज भट्ट दादा जस्तै बन्छु सोच्थे।र साथ सपोर्ट धेरै गर्ने भाइ दिपक कार्की ले गरेर नै यहाँ सम्म पुगेको छु।दिपक कार्की भाइ लाई पनि एकदम धेरै धन्यवाद भन्न चाहान्छु ।

१० .अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?

– अन्त्यमा मलाइ माया गर्नु हुने मेरोअभिनयलाई मन पराइदिनु हुने मेरो राम्रो नराम्रो कुरालाई प्रतिक्रिया दिनु हुने मलाइ माया साथ सपोर्ट गर्नु हुने सम्पुर्ण दर्सक सुभचिन्तक हरुमा आभार ब्यक्त गर्दै अगामी दिन हरु अझ धेरै साथ सपोर्ट माया गर्दिनु होला र मेरो अभिनत गित हरुलाइ अझ धेरै माया गरेर अगाडि बड्ने प्रेरणा दिनुहुनेछ भन्दै मेरो सपुर्ण शुभचिन्तक मा धन्यवाद ब्यक्त गर्द्छु जय गित जय सङित

प्रतिक्रिया
सम्बन्धित खवर