“क्यानम” मा महेश नेपाल को शब्द र स्वर (भिडियो सहित)

काठमाडौं- गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको शब्दमा “क्यानम” डिजिटल बजारमा सार्वजनिक भएको छ । केहिदिन अघि रिलिज “क्यानम” बोलको गीतमा अमृत आचार्य (माइला गुरु) महेश नेपाल र  दिपिका पराजुलीको सुमधुर आवाज रहेको छ। नेपाल स्वयमको शब्द सृजना सागर भण्डारीको मन लोभ्याउने संगीतमा सजिएको सोहि गीत कृष्ण लामिछानेको एरेन्ज मिक्सिङ्ग गरेका हुन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुतिमा रहेको छ ।

गीतको अडियोसँगै भिडियो पनि उत्कृष्ट बनाइएको छ। भिडियोमा दीपेन्द्र देउवा,अस्मिता आचार्य ,बिनिता दाहाल ,संगम खत्री लगायत रिचर्ड छन् । उनीहरूले उत्कृष्ट अभिनय निर्वाह गरेका छन्  भिडियोमा।

भिडियोलाई उत्कृष्ट बनाउन सक्दो मिहेनत गरेका छन् निर्देशक उमेश कार्कीले। ‘सिमित स्रोत साधनहरुको बाबजुद पनि यत्तिको भिडियो बनाउन सफल भयौं’, निर्देशक उमेश कार्की भन्छन् ,’अडियो सुन्दा नै मन परेको हो। त्यसैले भिडियो पनि अडियोलाई न्याय दिने हुनुपर्छ भन्ने सोचेर हाम्रो टिमले अब्बल भिडियो बनाउन सकेको मिहेनत गरेको छ।’

आकर्षक लोकेशन सहित आकर्षक फ्रेममा मरुभुमि नारायणले भिडियो खिचेका हुन् । त्यसो त, भिडियोको सम्पादन र रंग संयोजन रोशन धितालले गरेका हुन् ।मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै  गीतका गायक महेश नेपाल जनाएका छन् । उक्त गीत अमृत आचार्य को आफ्नो अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

भिडियो..

https://youtu.be/pbXFE6XzgWg

प्रतिक्रिया
सम्बन्धित खवर