राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट चर्चित मोडल सिम्रन दुलाल सम्मानित

दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीत मा आफ्नो छुट्टै पहिचान बनाउदै आएका सिम्रन काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन्। एक पछि अर्को गर्दै गीत संगीत लाई बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीत मा नाम जोडे पनि दुलाल को गीत करोड क्लबमा पुग्ने गरेको छ।

गीत संगीत को लामो अनुभव गर्दै गीत संगीत मै दौडिरहेका सिम्रन आज भोलि बिभिन्न कार्यक्रम तथा म्युजिक अवार्ड हरु मै व्यस्त देखिन्छन्। यसै शिलशिलामा असार सोह्र गते सम्पन्न भएको राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रम बाट चर्चित मोडल को रुपमा सिम्रन सम्मानित भएका हुन् ।

रिबन इन्टरटेन्मेन्ट को प्रस्तुति मा “हाम्रो अभियान,देशको गौरवलाई सम्मान” भन्ने मुला नाराका साथ “राष्ट्रिय ब्याक्तित्व तथा प्रतिभा सम्मान”-२०८० असार सोह्र गते राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको थियो। सम्माननीय पुर्ब उपराष्ट्रपति परमानन्द झा.ज्यू को प्रमुख आतिथ्यता र विशिष्ट अतिथि बरिष्ठ गायिका देविका बन्दना र बरिष्ठ नायक घिरेन शाक्य को साथ मा कार्य सम्पन्न भएको थियो। उक्त कार्यक्रममा सिम्रन जस्तो बिशिष्ट व्यक्ति तथा कलाकार हरू सम्मानित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर