गीत संगीतको यात्रा छुट्टै छ-मोडल संञ्जिव ठकुरी

काठमाडौं -आज भन्दा २९ वर्ष पहिला उद्दब कुमार ठकुरी पिता र बिन्दा ठकुरी खडका माताको कोख बाट दोलखा जिल्लाको मैलुङ गाविस वडा नं ६ मा जन्म लिएको एक युवक यति बेला गीत संगीत को शिलशिलामा धेरै अगाडी बढिरहेको देखिन्छ मोडल सञ्जिव ठकुरी । ठकुरी को जन्म स्थान दोलखा जिल्लामा भएको हुनाले यस जिल्लाको सबै कलाकारहरु काँठे लोक दोहोरी क्षेत्रमा धेरै अगाडि रहेको देखिन्छ। दोलखा जिल्ला एक काँठे भाकाले चिनिने भएर नै होला पुराना काँठे भाकामा ठकुरीले सानै देखि नृत्य मा धेरै रुचि राख्दथे स्कुल पढ्दा स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउँ घरमा हुने मेला पात बाजा गाजा आदिमा उहाँले आफ्नो प्रस्तुती देखाइ राख्थे। यसै क्रममा ठकुरीलाई गाउँ छर छिमेक वरिपरि को व्यक्तिहरुले भन्नु हुन्थ्यो यो मान्छे पछि गएर मोडलिङ क्षेत्रमा लाग्यो भने धेरै प्रगति गर्न सक्छ। गाउँ को मानिसहरू को यस्तै भनाईको सपना देखेर ठकुरी सानै उमेर बाट राजधानी छिरेका थिए।

आफ्नो घर परिवारको आर्थिक स्थिति निकै कमजोर अवस्था भएको कारणले गर्दा ठकुरी ले राजधानी काठमाडौं मा धेरै दुःख पनि पाए यति सम्म कि आफुलाई पढ्ने खर्च सम्म प्रयाप्त हुँदैन थियो । आफ्नो घर परिवार को समस्या र आफ्नो पढाई को समस्या ले गर्दा ठकुरी लाई निन्द्रा र भोक को कुनै मुल्यांकन गर्ने समय पनि भएन ठकुरी आफ्नो सपना गीत संगीत मा लागेर आफ्नो जिल्ला र आफ्नो घर परिवार लाई चिनाउँदै आफ्नो मोडल बन्ने सपना साकार गर्न राजधानी छिरेका थिए तर मानिसको जीवन न हो कहाँ सोचेको जस्तो हुने रहेछ र भन्दै ठकुरी लाई आफ्नो सपनाले मुटुमा घोच्न थाल्यो । ठकुरी आफ्नो सपना पुरा गर्न र परिवारलाई खुसी राख्न काठमाडौं मा भारि बोक्बे देखि भुँई पुस्ने काम सम्म गर्न पुगे। ठकुरीले देखेका अनेकौं सपनाहरु पुरा गर्न एउटा सानो काम को शिलशिलामा काठमाडौं को हरेक ठाउँ सम्म पुगे र धेरै व्यक्तिहरु संग हारगुहार पनि गरे तर आफुले सोचेको जस्तो काम न पाए पछि यति कै दिनहरु बित्दै गए कति पए व्यक्तिहरुले त झुटा आश्वासन पनि देखाए त केहि गर्न सकिएन।

कुनै व्यक्ति ले दिएको त्यही झुटा आश्वासन र आफ्नो मन को पिडालाई लिएर फेरि ठकुरी अर्कै बाटो तिर लागे सानै उमेर बाट मजदुरी गर्दै आएका ठकुरीले धेरै समय यसैमा बिताए र आफ्नो जीविकोपार्जन गरे गाउँ घरमा रेडियो मा गीत सुनेको आधारमा आफुलाई गीत संगीत तर्फ लैजाने ठकुरीको सपना कहिले पुरा भएन । तर पनि ठकुरी को मनले कहिले म कमजोर छु म अब सक्दिन जस्तो अनुभूति गरेनन्। बिस्तारै समय बित्दै गयो र गीत संगीतका केही व्यक्ति हरु संग चिनजान र कुरा हुदै गयो र अब केही हुन्छ कि भन्ने आस पलाउँदै गयो तर बिडम्बना यस गीत संगीतमा पनि आफ्नो कला र सृजना लाई भन्दा बढि पैसा खोज्ने चलन र व्यक्तिहरु धेरै भेट भयो गीत संगीत मा लग्ने रहर हुँदा हुँदै पनि पैसा कै कारण केहि समय ठकुरी ले दुख पाए आर्थिक अवस्था को कारण त छँदै छ यसमा पनि म्युजिक भिडियो खेलाई दिन्छु भन्दै धेरै झुटा आश्वासन दिने र कति पए मान्छे ले त पैसा मात्र खान खोज्ने व्यक्तिहरु पनि भेटे, यसरी आफ्नो जीविकोपार्जन गर्दै बिस्तारै गीत संगीत मा एउटा राम्रो मोडल भएर गीत संगीत क्षेत्रमा आफुलाई चिनाउने रहले एउटा डान्स कक्षा मा डान्स सिक्न सुरु गर्दै थिए ।

ठकुरी ले राम्रो डान्स गर्दै गर्दा म्युजिक भिडियो मा आफ्नो अभिनय देखाउन ठकुरी ले खेम राज तिवारी गायक संग भेटे र राम्रो साथी बने यसै क्रममा एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर मिल्यो । “छाड्दिन म” भन्ने पहिले एल्बम को म्युजिक भिडियो अभिनय बाट सुरु भएको त्यस पछिको सांगीतिक यात्रालाई अभिनय गर्दै आफ्नो अभिनय गरेर करोड क्लबमा पुगेर मोड्लिङ क्षेत्रमा एक पछि अर्को गर्दै दिन मा दुई तिन वटा म्युजिक भिडियो अवस आयो यस पछि सञ्जिव मोडल बाट बिस्तारै क्रोयोग्राफि तिर पनि लागे र यसमा पनि एक पछि अर्को गर्दै सफलता मिल्यो । ठकुरी को कलाकारिता क्षेत्र अहिले बिगतका व्यक्तिहरुले ठाडो सिर गरेर हेर्न सक्दैन। आफ्नो यहि कलाकारिता बन्ने ठूलो सपनाको कारणले अनेकौं काम गर्न वाध्य भएका संञ्जिव अहिले आफ्नो पेशा नै कलाकारिता बनाएर हिडेका छन्।

दु ख र सङ्घर्ष गर्दै आफ्ना अफ्ट्यारो जीवनलाई साहाकार गर्दै म्युजिक भिडियो मा अभिनय गर्न थालेका ठकुरी अहिले काठ क्षेत्रको उत्कृष्ट मोडल बनेका छन् । आफुले दुख गरेको बिगतका कुराहरु सम्झदै ठकुरी अहिले म्युजिक भिडियो मा निकै सक्रिय देखिन्छन् । काँठ क्षेत्रको उत्कृष्ट मोडल को रुपमा चिनिने ठकुरी साङ्गीतिक क्षेत्र बाट नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्युजिक अवार्ड हरु प्राप्त गरि सकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा सम्पन भएको तेस्रो म्युजिक भिडियो अवार्ड मलेसिया बाट प्राप्त गरेका हुन भने दोस्रो OS नेपाल म्युजिक अवार्ड २०७५ वेष्ट मोडेल तर्फ, नेश्नल म्युजिक अवार्ड २०७६ वेष्ट मोडेल तर्फ, ज्योति फिल्मस् म्युजिक अवार्ड २०७६-७७ वेष्ट मोडेल तर्फ को अवार्ड हरु थुप्रै पाइसकेका छन्। २०७८ मा सम्पन्न भएको राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड मा पनि वेष्ट मोडलको अवार्ड हात परेका थिए ।

यसै क्रममा विभिन्न सङ्घ संस्थाहरुले आयोजना गरेको बिभिन्न म्युजिक अवार्ड हरुमा वेष्ट मोडल का रुपमा अवार्ड हात परेका छन् । म्युजिक भिडियोको मोडलिङ क्षेत्र मा निकै सक्रिय रहेका ठकुरी बिस्तारै कयोग्राफि मा पनि आफ्नो सक्रियता देखाउँदै आएका छन् । म्युजिक भिडियो निर्देशन पनि गर्न सक्ने भएका छन् ‌। ठकुरी मोड्लिङ गर्दा गर्दै पनि आफ्नै आवाजमा एल्बम पनि रेकर्डिङ गरेका छन्। वि.स २०७६ साल फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुँडिखेलमा भएको एतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव मा पनि नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड को हात बाट वेष्ट काँठे मोडलको सम्मान पत्र सम्म ग्रहण गरेका छुन् । यस्तै विभिन्न संघ संस्था हरुले आयोजना गरेका कार्यक्रम हरुमा भने थुप्रै सम्मान पत्र तथा अवार्ड हरु प्राप्त गरिसकेका छन् । म्युजिक भिडियो निर्देशन तथा मोड्लिङमा आफ्नो चर्चा बडुल्दै गर्दा ठकुरी ले धेरै कार्यक्रम तथा उत्घाटन समारोह आफले उत्घाटन गरेका छन्‌ । ठकुरिले यसरी नै आफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाई रहेको देखिन्छ। कलाकारिता क्षेत्र बाट नै ठकुरि आफ्नो वैवाहिक जीवन सुरु गर्दै चकटि रेस्टुरेन्ट संञ्चालन गरि आफ्नो व्यवसाय लाई पनि प्राथमिकता दिदै आएको देखिन्छ।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर