बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ तोकेको छ ।

चाँदी तोलामा १६० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ७५५ रुपैयाँ चाँदीको मूल्य तय गरेकोमा आज ४ हजार ५९५ रुपैयाँ कायम गरेको छ ।








