नेपाली बजारमा शुक्रबार (असार २६) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








