बलेफी गाउँपालिका वडा नं. ५ स्थित भाँगेचौरमा सिन्धु पर्यटन व्यवसायी संघको पहलमा, संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको बजेटबाट नेपालकै पहिलो र्याफ्टिङ स्कुल निर्माण सम्पन्न भएको छ।
उक्त र्याफ्टिङ स्कुलको प्रभावकारी सञ्चालनका लागि समन्वय तथा सहकार्य गर्ने उद्देश्यसहित आज बलेफी गाउँपालिकाको आयोजनामा बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री सुरेश श्रेष्ठ, माननीय अमृत नेपाल तथा मन्त्रालयका सचिवसहितको टोलीले स्थल अनुगमन गरी छलफल गरेको छ।















