सिन्धुपाल्चोक-नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुपाल्चोकको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीका कारण संगठन पूर्ण रूपमा ‘अनिर्णयको बन्दी’ बनेको छ। जिल्ला अध्यक्ष पवन घोरासैनीले पार्टीका माथिल्लो तहका नेताहरूको इशारा र निगाह कुरेर बस्दा संगठन चलायमान हुन नसकेको आरोप लागेको छ।
नेताको ‘ग्रिन सिग्नल’ कुर्दै अध्यक्ष लामो समयदेखि इकाइहरूको गठन र शैक्षिक मुद्दाहरूमा नेविसंघले कुनै ठोस कदम चाल्न सकेको छैन। स्रोतका अनुसार, अध्यक्ष घोरासैनीले संगठनका हरेक साना-ठूला निर्णयहरूमा आफ्ना संरक्षक मानिने पार्टी नेताहरूको निर्देशन पर्खिने गरेका छन्। नेताहरूको ‘निगाह’ मा निदाएझैँ देखिएका कारण जिल्लाभरका सक्रिय विद्यार्थी नेता-कार्यकर्ताहरूमा नैराश्यता छाएको छ।

संगठनमा गतिरोधको मुख्य असर अध्यक्षको यो कार्यशैलीले नेविसंघ सिन्धुपाल्चोकमा समस्याहरू देखिएका छन्।
विद्यार्थी मुद्दा ओझेलमा परेका छन् भने शैक्षिक समस्या र विद्यार्थी हकहितका लागि गरिनुपर्ने आन्दोलन तथा कार्यक्रमहरू शून्य छन्।
कार्यकर्ता पलायनको खतरात छदैछ नेतृत्वले सही समयमा निर्णय लिन नसक्दा ऊर्जावान् कार्यकर्ताहरू अन्य संगठनमा जाने वा राजनीतिबाट निष्क्रिय हुने अवस्था समेत सिर्जना भएको छ।
“संगठन भनेको विधान र विद्यार्थीको भावनाअनुसार चल्नुपर्ने हो, तर यहाँ त नेताको आदेश नआएसम्म अध्यक्ष ज्यू चल्नै सक्नुहुन्न,” एक जिल्ला स्तरीय सदस्यले गुनासो गरे। उनले थपे, “अध्यक्ष ज्यू नेताको निगाहमा यसरी निदाउनुभयो कि उहाँलाई संगठनको आवश्यकता र कार्यकर्ताको पसिनाको कुनै वास्ता छैन।”
सिन्धुपाल्चोक कांग्रेसको नर्सरी मानिने नेविसंघ यसरी गुटबन्दी र ‘नेतामुखी’ प्रवृत्तिको चपेटामा पर्दा आगामी निर्वाचन र संगठनको भविष्यमा समेत गम्भीर धक्का लाग्ने देखिन्छ। अध्यक्ष घोरासैनीले समयमै आफ्नो कार्यशैली सुधारेर नेतृत्व हस्तान्तरण गर्छन् वा नेताहरूकै ओत लागेर बस्छन्, त्यो भने हेर्न बाँकी छ।






