काठमाडौँ ।आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सिंहदरवारलाई आइतबारदेखि पुरानै लयमा फर्काउने काम सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, जेनजी समूहले भदौ २४ गते गरेको आगजनीले विभिन्न मन्त्रालय र निकायहरूमा क्षति पुगेको थियो।
क्षतिको मूल्याङ्कन र सरसफाइको कामसँगै सिंहदरबारबाट प्रदान गरिने आधारभूत सेवाहरू आइतबारबाट सुरु हुनेछन्, तर पूर्ण कार्य सञ्चालनमा आउन एक हप्ता लाग्न सक्ने सहसचिव तथा प्रवक्ता रविलाल शर्माले बताए। नयाँ सरकार गठनपछि क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनर्निर्माणको काम अगाडि बढाइनेछ।

हाललाई पुरानै सामग्रीहरूको सरसफाइ गरी सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह मन्त्रलयको नयाँ भवनमा सञ्चालन गरिनेछ, जहाँ प्रधानमन्त्रीको कुर्सी र टेबुललगायतका सामग्रीहरू खरानी पुछेर प्रयोगमा ल्याइनेछन्।गोरखापत्रबाट













