मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
संयुक्त प्रयासबाट काममा सफलता मिल्नेछ। साझेदारीमा लाभ हुनेछ। प्रेम र व्यवहारमा सन्तुलन राख्नु बुद्धिमानी हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चाप बढे पनि परिश्रम अनुसार लाभ पाइनेछ। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। खर्चमा संयम अपनाउनु राम्रो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सृजनशील काममा मन जानेछ। प्रेममा रमाइलो समय बित्नेछ। नयाँ योजना बनाउन सकिने राम्रो दिन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा खुसीको माहोल बन्नेछ। भूमिसम्बन्धी कार्यमा प्रगति सम्भव। आमाको सहयोग पाउनुहुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्देश आदानप्रदानमा सफलता मिल्नेछ। भ्रमणको योग छ। आत्मबल बढ्नेछ र आत्मविश्वासले नयाँ अवसर ल्याउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनलाभको सम्भावना छ। पारिवारिक सुखमा वृद्धि हुनेछ। अघिल्लो लगानीबाट लाभ प्राप्त हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल बढ्नेछ। मान–सम्मान प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य शत्रु सक्रिय हुन सक्छन्। मन अलमलिने सम्भावना छ। मानसिक सन्तुलन आवश्यक छ। ध्यान र साधनामा समय दिनु शुभ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइबाट सहयोग मिल्नेछ। मनमा उत्साह आउनेछ। योजनाबद्ध कामले सफलता ल्याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पद प्रतिष्ठामा वृद्धि हुन सक्छ। कामको जिम्मेवारी बढ्नेछ। वरिष्ठको सहयोगले लक्ष्यमा पुग्न सकिने दिन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या र ज्ञानको वृद्धि हुनेछ। यात्रामा लाभ मिल्नेछ। उच्च शिक्षा वा आध्यात्ममा रुचि बढ्ने समय।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनाहकको खर्च बढ्न सक्छ। विचारमा गम्भीरता आवश्यक। रोग र रिनको समस्यामा सतर्कता अपनाउनु राम्रो।













