सिन्धुपाल्चोक – नगर प्रमुख आइतमान तामाङ् ले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ ।
सबै समुदायका विद्यालयहरूमा धेरैजस्तो विद्यार्थीहरू सामुदायिक रुपमा पठनपाठन गर्न रुचाउने भएको हुँदा समुदायका सम्पूर्ण अभिभावकहरूले आफ्ना बालबालिकालाई उचित शिक्षा प्रदान गर्नका निमित्त सामुदायिक रुपमा व्यवस्थापन समिति निर्माण गरेको हुन्छ। यस्तो समितिले समुदायमा विद्यार्थीहरुलाई शिक्षण सिकाई क्रियाकलापका निमित्त गुणस्तरीय प्रदान गर्नका लागि उचित प्रकारका विषयवस्तुगत शिक्षकहरूको छनोट गरी शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाउन सकिनेछ।


मेलम्ची नगरपालिकाद्वारा आयाेजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमकाे समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरले प्रयाप्त बजेट विनियाेजन गरेकाे बताउनु भएकाे हाे । दुई दिन चलेकाे तालिममा नगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे सहभागिता थियाे ।













