मेलम्ची – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वरीपरी डाँडा ला ढाकेको र ठुला दुईवटा नदिहरू मिसिएको ठाउँमा छ भन्दा फरक नपर्ला २०७८ साल अषाढ एक गते आएको अविरल वर्षाका कारण मेलम्ची ले धेरै धनजनको क्षेति व्यहोर्नु परेको थियो । मस वर्ष पनि मेलम्ची मा मनसुन भित्रि सकेको र धेरै वर्षा हुने सम्भावना भएको कारणले गर्दा नगरबासी हरुलाई बाढि पहिरो ले क्षेति गर्न सक्ने प्रभावित क्षेत्रहरु बाट हटेर सुरक्षित ठाउमा रहन नगर प्रमुख आइतमान तामाङले आग्रह गरेका छन् ।


यसको बाबजुद पनि नगरपालिका ले यस बाट बच्न र बचाउन निरन्तर लागि परेको बताएका छन् । नगरपालिका ले नगर बासि हरुलाई बाढि र पहिरो बाट बचाउन निरन्तर लागि परेको र यस्ता स्थानहरूमा निगरानी राखेको छ । बाढि र पहिरो बाट बच्न आबस्यक सामग्री हरु तत्काल उपलब्ध गराउने गरि नगरपालिका लागिरहेको छ । नगरपालिका को अनुसार बाढि र पहिरो बाट बच्न र बचाउन नगरपालिका को सबै वडाहरुमा सूचना र आवश्यक सामाग्री हरु उपलब्ध गरउने गरि काम गर्न निर्देशन दिएका छन्।















