“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

काठमाडौं – लोकदोहोरी क्षेत्रको लोकप्रिय गायक तथा सर्जक लिला श्रेष्ठको आगो भन्दा डेन्जर छ पिरती बजारमा सार्वजनिक भएको छ । गायक श्रेष्ठ बिगत लामो समयदेखि गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई चर्चामा रहेका छन् । यसै सिलसिलामा गायक श्रेष्ठले माया पिरतीको भावना रहि भर्खरै मात्र आगो भन्दा डेन्जर छ पिरती म्युजिक भिडियो सार्वजनिक गरेका छन्। जसमा गायक श्रेष्ठको मन छुने शब्द सिर्जना रहेको छ भने संगीत पनि गायक आफैं को रहेको छ

लिला श्रेष्ठ ले सयौं गीतसंगीतहरू मा आफैं स्वर भर्दै आएका छन् भने यस गीतमा पनि आफैं ले स्वर भरेका छन् भने सारदा रसलाई ले स्वर मा साथ दिएका छन् ।मिलन श्रेष्ठको म्युजिक भिडियो निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा जुना कार्की र राजाराम सिम्खडा को आकर्षक अभिनय देख्न सकिनेछ । सन्तोष तिमल्सिना द्वारा छायांकन भिडियो रोसन धिताल ले संपादन गरेका छन् । सोहि म्युजिक भिडियो त्रिपुरा म्युजिक नामक युट्युब बाट सार्वजनिक भएको छ

पुरा भिडियो

प्रतिक्रिया
सम्बन्धित खवर