नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ७५ हजार १२० रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बिहीबार १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ ।








