आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ ।

चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९८५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९७५ रुपैयाँमा झरेको छ ।








