नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ८ रुपैयाँले बढेको हो ।
अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो ।
शुक्रबार ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।








