सिन्धुपाल्चोक । बिरामी देबीकुमारी रोक्काको उपचारमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलेफी–४ का पदाधिकारी, सदस्य तथा स्थानीय समाजसेवीहरूले रु २९ हजार १५५ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
बिरामीको अवस्थाबारे जानकारी प्राप्त भएको केही घण्टामै सहयोगी टोली धुलिखेल अस्पताल पुगेर देबीकुमारी रोक्का र उनका श्रीमान् रमेश रोक्कालाई भेट्दै उपचारका लागि संकलित रकम हस्तान्तरण गरेको जनाएको छ। सहयोगीहरूले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका थिए।

सहयोग रकम रास्वपा बलेफी–४ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ (सुमन), उपाध्यक्ष शेरबहादुर तामाङ, सचिव दुर्गा पौडेल, सदस्य शम्भु गुरुङ, सदस्य देवीबहादुर गुरुङ (राजु) तथा स्थानीय समाजसेवी शिवबहादुर गुरुङ, अर्जुन गुरुङ, सुन्दर गुरुङ, मुना गुरुङ, गोविन्द गुरुङ, नवीन गुरुङ र रामचन्द्र गुरुङलगायतको आर्थिक सहयोगबाट संकलन गरिएको हो।
सहयोगीहरूले मानव सेवाभन्दा ठूलो धर्म अरू नभएको उल्लेख गर्दै विपद् र कठिन परिस्थितिमा परेका नागरिकलाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यसैबीच, बिरामीलाई थप आर्थिक सहयोग गर्न चाहने इच्छुक दाताहरूले बिरामीका श्रीमान् रमेश रोक्कालाई ९७४४८५९१७४ नम्बरमा सम्पर्क गरी बैंकको क्यूआर (QR) मार्फत सहयोग गर्न सक्ने जानकारी दिइएको छ।








