आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार ६०५ रुपैयामा कारोबार भइरहेको छ ।








