बिहीबार सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको छ ।









