नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य बुधबार घटेर चार हजार दुई सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।









