नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १० हजार ५ सय रूपैयाँले घटेको हो ।

बिहीबार तोलाको २ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३ सय ५ रूपैयाँले घटेर चाँदी ४ हजार ६ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








