सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ घटेको छ ।

चाँदीको भाउ प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ । अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्नका लागि सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ घटेको छ भने सुनचाँदीको मूल्य बढेको छ ।








