सिन्धुपाल्चोक-नगरप्रमुख श्री आइतमान तामाङज्युको अध्यक्षतामा बुधबार नगरपालिकाको सभाहलमा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा (LDCRF) तर्जुमा सम्बन्धी एकदिने सूचना सङ्कलन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख तामाङले विपद् व्यवस्थापन कार्यमा स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले वडाध्यक्षहरूको भूमिका अझ महत्वपूर्ण रहने बताउनुभयो। उहाँले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील योजना निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै प्राप्त सूचना, सुझाव र अनुभवलाई व्यवहारिक कार्यान्वयनमा जोडिने धारणा राख्नु भयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा उपप्रमुख श्री उमा प्रधानज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्रज्यु तथा वडाध्यक्षहरू श्री नगेन्द्र प्रसाद खतिवडाज्यु श्री पासाङ दोङज्यु र श्री चन्द्र बहादुर तामाङज्यु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।
नगरप्रमुख श्री आइतमान तामाङज्युको अध्यक्षतामा बुधबार नगरपालिकाको सभाहलमा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा (LDCRF) तर्जुमा सम्बन्धी एकदिने सूचना सङ्कलन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।