बाह्रबिसे नगरपालिका मा शिक्षक पदपूर्ति प्रक्रिया एक वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा शिक्षा क्षेत्रमा गम्भीर चिन्ता देखिएको छ। २०८१ साल चैत्र २७ गते प्रकाशित विज्ञापनअनुसार सुरु गरिएको प्रक्रिया २०८२ साल चैत्र १७ गतेसम्म पनि टुंगोमा नपुग्नुले सम्बन्धित निकायको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
यस विषयलाई गम्भीर रूपमा उठाउँदै सांसद भरत प्रसाद पराजुलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखसँग प्रत्यक्ष रूपमा स्पष्टिकरण माग गर्नुभएको छ। उहाँले प्रक्रिया किन यति लामो समयसम्म रोकियो भन्नेबारे जवाफ दिन निर्देशन दिँदै तत्काल पदपूर्ति प्रक्रिया पूरा गर्न कडा निर्देशन दिनुभएको छ।

स्थानीय विद्यालयहरूमा शिक्षक अभावले विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको अवस्थामा यस्तो ढिलासुस्तीले शिक्षा प्रणालीमै असर पार्ने सरोकारवालाहरूले बताएका छन्। अब पारदर्शी, छिटो र जिम्मेवार ढंगले प्रक्रिया टुंग्याइने अपेक्षा गरिएको छ।







