काठमाडौं — “गीत–संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नारासहित राजधानीको इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको हलमा प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ। युद्ध बहादुर खत्री अध्यक्ष रहेको मुर्चुङ्गा म्युजिक प्रा.लि.को प्रस्तुतिमा सम्पन्न उक्त कार्यक्रममा सयौं कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष खत्रीले गर्नुभएको थियो।
विशेष अतिथिहरूमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, वरिष्ठ सञ्चारकर्मी चन्द्रमणि गौतम, वरिष्ठ गायक शिवनारायण जोशी, नवराज घोरासैनी, माधव भण्डारी, रुपक डोटेल, गीतकार तथा साहित्यकार सिन्धु पौडेल, निर्देशक राहुल जेट्ली, उपसचिव अमरदीप सुनुवार लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन काव्य म्युजिकका सञ्चालक तथा अवार्ड व्यवस्थापक रमेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार तथा सर्जकहरूलाई जुरीको निर्णयका आधारमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। जुरी सदस्यहरूमा दिवाकर भण्डारी (सापटे काका), सावित्री केसी, साजन पराजुली, विजेन्द्र नौबागे, सामना शाह र देवेन्द्र शाही रहेका थिए।



अन्य विभिन्न विधामा सम्मानित व्यक्तिहरू:फुर्वा तामाङ (निर्माता),मन्जु लामिछाने (निर्माता, कमला टेलिसिरियल),भीमसेन गौतम (समाजसेवी,बिपना मुडुला कार्की (निर्देशक/कलाकार),बिनोद बम (कलाकार),अञ्जली खड्का (भिडियो सम्पादक),बिमला सुनार (कलाकार),कृष्णहरि चौलागाईं (गायक),अम्बिका ढकाल (गायिका),भुवन के. पोखरेल (कलाकार),कृष्ण लामिछाने (कलाकार),निरम कुमार शाही (संगीत संयोजक),रेनुका खतिवडा (गायिका),सरिता भण्डारी (कलाकार),यामबहादुर सेन्चुरी (कलाकार),रामकृष्ण प्रजापती (समाजसेवी/कलाकार),रामहरी भण्डारी (कलाकार,केशव सापकोटा (गायक),दावा लामा (रचनाकार),माधव बस्नेत (निर्माता),सञ्जीव ठकुरी (वरिष्ठ मोडल),बेदप्रसाद गौडेल (मोडल),काइला बा (कलाकार),कर्णराज कटुवाल (समाजसेवी/कलाकार),भरत खड्का (समाजसेवी),अञ्जना श्रेष्ठ (समाजसेवी/कलाकार),सरस्वती खत्री (कलाकार),सिन्धु पौडेल (गीतकार तथा साहित्यकार),दामोदर ढकाल (कलाकार )लगायत विशिष्ट व्यत्तिहरु रहेका थिए ।

अवार्ड समारोहमा संस्थागत तथा सञ्चारकर्मी सम्मानसमेत प्रदान गरिएको थियो। साथै लोकदोहोरी, सेलो, आधुनिक, पूर्वेली, म्युजिक भिडियो, छायांकन, निर्देशन लगायत विभिन्न ३० भन्दा बढी विधामा उत्कृष्ट कलाकारहरूलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। अवार्ड प्राप्त गर्नेहरुः कृष्ण अधिकारी – सर्वोकृष्ट लोकदोहोरी गायक (खोली तरुम्ला), अशिमकुमार कटुवाल – सर्वोकृष्ट काठे गायक (तिमीमलाई है सानू),लाक्पा तेन्जी शेर्पा – सर्वोकृष्ट सेलो गायक (मजाले नाचुम्ला),टिका बराइली – सर्वोकृष्ट गायक (पुरुष) (गुडगुडे बजाउँदै),अनिश लिम्बू – सर्वोकृष्ट लोकगायक (पुरुष) (आकाशै राम्रो जुनले),कल्पना सुनुवार – सर्वोकृष्ट पूर्वेली गायिका (सुन मायाले),पुनम चाम्लिङ राई – सर्वोकृष्ट गायिका (महिला) (मायाको गाउँ),प्रतिमा केसी – सर्वोकृष्ट आधुनिक गायिका (फूलसँग बासना),पूजा ठकुरी – सर्वोकृष्ट म्युजिक भिडियो निर्देशक (दूरदेखि आय),खमेश श्रेष्ठ – सर्वोकृष्ट म्युजिकल फिल्म निर्देशक (पापी मान्छे),मनोहर भण्डारी – सर्वोकृष्ट म्युजिक भिडियो निर्देशक (जुरी) (पोखरामा घाम लाग्यो घमाइलो),रामकुमार रिमाल – सर्वोकृष्ट आधुनिक गीत संगीतकार (जुरी) (पराइकी रानी),मनिपाल राई – सर्वोकृष्ट आधुनिक गीत संगीतकार (तिम्रो मेरो माया बीच),ल्हाक्पा डोमा – सर्वोकृष्ट सेलो गायिका (शेर्पा अल्लारे कान्छी),रामकृष्ण कँडेल – सर्वोकृष्ट म्युजिकल फिल्म छायाकार (पापी मान्छे),सन्जय चन्द – सर्वोकृष्ट लोकगीत छायाकार (रुकुमको बजार),सन्तोष तिमिल्सिना – सर्वोकृष्ट छायाकार (जुरी) (गौरी),उमेश सिंह ठगुन्ना – सर्वोकृष्ट लोकगीत (धानको बाला),आशा लामा (ज्ञानमाला) – सर्वोकृष्ट लोक–आधुनिक गीत (के पायौं खै),सुन्दर आरडी – सर्वोकृष्ट काठे गीत (मन छैन थिरमा),सन्तोष लोहार – सर्वोकृष्ट नव गायक (हिउँ पग्लेर पानी हजुर),शिशिर बुढाथोकी – सर्वोकृष्ट मोडल (नीर कमल),खिरेन्द्र मोक्तान – सर्वोकृष्ट रचनाकार (उठ जेन्जी),कृष्ण बहादुर राई – सर्वोकृष्ट पूर्वेली गीत संगीतकार (पूर्वेली ठिटी),बिरबल माझी – सर्वोकृष्ट भाषाभाषी गीत रचनाकार (सेवा ढोग),सौगात गौतम – सर्वोकृष्ट नव मोडल (नर्क),बलराम बस्नेत – सर्वोकृष्ट नव गीतकार (पर्खाइको माया),रबिना कार्की – सर्वोकृष्ट नव मोडल (महिला) (गुनासो),यजु लामा – सर्वोकृष्ट नव मोडल (आधुनिक) (पर्खाइको माया),दिपेन्द्र कठायत – सर्वोकृष्ट नव मोडल (लोक तथा दोहोरी) (भालेश्वर महादेव),नन्दलाल श्रेष्ठ (भावुक) – सर्वोकृष्ट नव गीतकार (लोक तथा दोहोरी) (मोबाइलको कमाल),मदन सुफिक्स – सर्वोकृष्ट चाडपर्व गीत (खर्च दशैंलाई),सुस्मा रुपाखेती – सर्वोकृष्ट नव मोडल (जुरी) (पराइको नासो),अनुप्रास श्रेष्ठ – सर्वोकृष्ट बाल कलाकार (बुढेसकालको पिरलो),अनिश नुमिहाङ राई – सर्वोकृष्ट पूर्वेली गीत गायक (बादलको छायाले),तारादेवी राई – सर्वोकृष्ट भाषाभाषी गीत संगीतकार (फेचे देम्बा) रहेका छन् ।
संस्थागत सम्मान प्राप्त गर्ने संस्थाहरू:राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल,इन्द्रेणी सांस्कृतिक विकास केन्द्र,दक्षिणकाली अफसेट प्रेस,काव्य म्युजिक साथै सञ्चारकर्मी सम्मान बाट राजु बोहरा,दिनेश भण्डारी,प्रकाश बराइली,अभिव्यक्ति शिवराम भण्डारी,रमेश बस्नेत लगायत अन्य साथिहरु समेत रहेका छन् ।कार्यक्रमले नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।













