हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना प्रबल बनेको छ।मध्याह्न १२ बजेसम्मको मतगणना अनुसार श्रम संस्कृतिले २ लाख ९७ हजार ८३ मत पाएको छ।निर्वाचन आयोगका अनुसार मध्याह्नसम्म ४० लाख ९४ हजार ६५९ मत गणना भएको छ। यसअनुसार श्रम संस्कृतिले ३.५० प्रतिशत मत प्राप्त गरेको छ।
राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत अनिवार्य गरिएको छ। प्रत्यक्षतर्फ सुनसरी-१ बाट हर्क स्वयम् निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई श्रम संस्कृतिबाटै निर्वाचित भएका छन्।

समानुपातिकमा श्रम संस्कृति पार्टीले यही अनुपात कायम राखेको खण्डमा उसको राष्ट्रिय दलको मान्यता सुनिश्चित हुनेछ।
फागुन २१ को निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। निर्वाचनको ट्रेण्ड हेर्दा ५ लाख हाराहारिमा मत बदर हुने देखिन्छ।












