बजारमा कारोबार भएको तीन मिनेटकै नेप्से परिसूचक ६ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको छ। बजार खुलेको एक मिनेटमै नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार २० मिनेटपछि खुलेको थियो।
तर, यसरी खुलेको अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक पनि लागेको थियो। त्यसपछि ४० मिनेटको लागि बजार स्थगित भएको छ। १२ बजेर एक मिनेट जाँदा नेप्से ६ प्रतिशत (१६२ अंक) बढ्यो र तेस्रो सर्किट ब्रेक लाग्यो। बजार ६ प्रतिशतमा बढेपछि दिनभरीकै लागि कारोबार रोक्का भएको छ।

यो अवधिमा ५१ करोड रूपैयाँको सेयर कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १७५१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।












