मेलम्ची-फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बनेको छ। नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ मतदाता भेटघाटसँगै सामाजिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहनुभएको छ।

उहाँले चुनावलाई केवल मत माग्ने अभियान नभई जनताको सुख–दुःखमा साथ दिने अवसरका रूपमा लिएको बताउनुभएको छ। हालसम्म पहिलो चरणको मतदाता भेटघाट सम्पन्न गरिसक्नुभएको तामाङले विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका विषयमा स्थानीयका सुझाव संकलन गर्नुभएको छ।
अब दोस्रो चरणको घरदैलो अभियान पुनः मेलम्चीबाट सुरु हुने जनाइएको छ। सामाजिक सहभागिता र प्रत्यक्ष संवादमार्फत तामाङले आफ्नो अभियानलाई थप सशक्त बनाइरहनुभएको छ।













