नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकउत्सवमा सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेको छ । आइतबार सैनिक मञ्चमा आयोजित समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले गैरसैनिक तर्फ ३७ जनालाई प्रशंसा निशान प्रदान गरेका हुन् ।
७ जना पत्रकारलाई प्रशंसा निशान तथा कदर पत्र प्रदान गरिएको छ । बहावलाला सैनिकतर्फ यसवर्ष ४ सय ९५ जनालाई प्रशंसा निशान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अवकाश प्राप्त सैनिक ८ जना र अन्य सुरक्षा निकायका ६ जनालाई प्रशंसा निशान प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठाका कार्यकारी निर्देशन (डीआईजी) पुरुषोत्तम थापा सहित अन्य सुरक्षा निकायका अधिकृतहरूलाई प्रधान सेनापतिले प्रशंसा निशान प्रदान गरेका हुन् ।
सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका गैरसैनिक व्यक्तिहरूलाई प्रशंसा निशान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।













