नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँ पुगेको छ।
आइतबार चाँदीको मूल्य भने घटेको छ।शुक्रबार तोलामा पाँच हजार रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













