नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन्।सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ।’
उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुसी लागेको बताए।उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए।

उनले भने, ‘सधैं अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन्? तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुसी भएको छु। उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु।’













