त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।

राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।













